कास्की क्षेत्र नम्वर ३ मा एमालेको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन

काठमाडाैं | कात्तिक २, २०७९

कास्की क्षेत्र नम्वर ३ मा एमालेको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन

 

पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्वर ३ मा एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको सम्पर्क कार्यालयको बुधवार उद्घाटन गरिएको छ ।


कार्यालयको उद्घाटन गर्दै नेकपा एमालेका पोलिव्युरो सदस्य एवं पुर्व खेलकुदमन्त्री जगत विश्वकर्माले नेपालको सिङ्गो राष्ट्र निर्माण र विकासको अभियानमा लाग्ने पाटी एमाले भएकोले  मङसिर ४ गते हुने निर्वाचनमा सुर्य ध्वजावाहाक उम्मेदवारहरूलाई जिताउनुपर्ने जोड दिएका छन् । 


उनले सडकमा बाजा गाजासहित नारा जुलुस लगाएर मात्र हैन मतदाताका घरआँगनमा पुगि पाटीले गरेका विकास निर्माणका कामको बारेमा जानकारी गराउँदै पाटीका भावी एजेन्डा बोकेर मत माग्नु पर्ने बताएका छन् ।


कार्यक्रममा नेकपा एमाले पालिटब्यूरो सदस्य सीता गिरी ओलीले जनताका घरघरमा पुगेर समस्या समाधानतर्पm लाग्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिईन् । 


कायृक्रममा पार्टीको केन्द्रिय सदस्य समेत रहेका कास्की इन्चार्ज कृष्ण थापा, कास्की ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दामोदर पौडेल बैरागी, कास्की निर्वाचन क्षेत्र न ३ (क) प्रत्यासी उम्मेदवार गणेशमान गुरूङ, त्यसै गरी ३ (ख) का प्रत्यासी उम्मेदवार राजिव पहारी लगायतले बोलेका थिए ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्